मेयर जयसवालद्वारा पुलसहित अधुरो सडक ढलान गर्ने प्रतिबद्धता

रबिन्द्र प्रजापति, मंसिर ०२ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाले आज मुस्लिम धर्मावलम्बीहरुको कब्रस्थान आसपासना अनुगमन गरेका छन । नगर प्रमुख जयसवालले आफ्नै नगरको वडा नम्बर २ जमुनिया स्थित रहेको मिस्लिमहरुको कब्रस्थानको आसपासमा अवलोकन गरेका छन ।

अवलोकन गर्ने क्रममा नगर प्रमुख जयसवालले नगरबासिहरुको हकहितमा आवश्यकता पर्ने पुल, बाटो र अधुरो रहेको सडक ढलानसहित मर्मत सम्भारको लागी गर्ने प्रतिबद्धता जनाएको छ । जमुनिया स्थित रहेको मुस्लिमहरुको कब्रस्थान नजदिक रहेको खोला वारीपारी गरेर खेति गर्न र आवत जावत गर्न मानिसहरुलाई निकै कठिनाई भईरहेकोले पुल, बाटो र अधुरो रहेको सडक ढलानसहित मर्मत सम्भारको लागी गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै सोही सडक खण्डम‍ अधुरो सडक सडकलाई पनि ढलान गर्ने प्रतिबद्धता जनाउदै नगर प्रमुख अजय प्रकाश जयसवालले समाजिक संजालमा उल्लेख गर्नुभएको छ । नगर प्रमुख जयसवालले आईतवार एक कार्यक्रमक‍ा बिच उक्त स्थानमा अनुगमन गर्दै प्रतिबद्धता जनाएको छ ।

खेतिपाति गर्नका लागी लामो समय देखि दुख भोग्दै आएको किसानहरुका लागी नगर प्रमुख जयसवालले कुल्लो निर्माण गर्ने पनी प्रतिबद्धता जनाएको छ । डिप्रेशनको शिकार बन्दै आएको किसानहरुलाई सहज हुने उद्देश्यले कुल्लो निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

नगरबासिको साथ सहयोगले नगरबासिहरुको समस्यालाई आफुले आफ्नै समस्या बुझि नगरको प्रत्येक कुनामा बिकास गर्ने समेत जनाएको छ । नगर प्रमुख जयसवालले कुल्लो निर्माण बाटो मर्मत ढलान पुल निर्माणको प्रतिबद्धता जनाए पछि स्थानियहरुले मेयर जयसवाललाई खुल्लेर प्रसंसा गरेका छन ।

error: Content is protected !!