नगर प्रमुख कलवारद्वारा गेडहीगुठीमा गढीमाई मन्दिरको उद्घाटन

रबिन्द्र प्रजापति, मंसिर १३ गते । रौतहट ।
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमख कन्थमनी प्रसाद जैसवालले आज गढिमाई मन्दिरको उद्घाटन गर्नु भएको छ ।नगर प्रमुख जैसवालले एक कार्यक्रमका बिच आफ्नै नगरपालिकाको वडा नं २ गेडहीगुठीमा गढिमाई मन्दिरको उद्घाटन गर्नु भएको छ ।

स्थानीय मुखल सहनीले आफ्नो व्यक्तिगत लगानीमा निर्माण गर्नु भएको गढिमाई मन्दिरको उद्घाटन गरिएको नगर प्रमख जैसवालले जानकारी दिनु भयो । गढीमाईको मन्दिर उद्घाटन गर्ने मौका पाईएमा आफुलाई स्वभाग्य प्राप्त भएको जिकिर गर्दै मेयर कलवारले खुशी समेत व्यक्त गरेका छन ।

नगर प्रमुख कलवारले भने” सहनी जस्तो मानिस समाजमा बिरलै बिरलै भेटिन्छ । उनले नगरको लागी सराहनीय कार्य गरेकोले नगर प्रमुख कलवारले धन्यवाद समेत दिएका छन । गरुडा नगरपालिका भित्र गढीमाई मन्दिर पर्ने भएको हुँदा संरक्षण र प्रवद्धनका लागी मेयर कलवारले प्रतिबद्धता समेत जनाउनु भएको छ ।

यसै बिच मेयर कलवारले मन्दिरलाई थप टेवा पुग्ने आसका साथ २५ हजार रुपैया सहयोग समेत गरेका छन । अगामी दिनमा मन्दिरलाई थप ब्यवस्थित बनाउन र आवश्यकता अनुसार सहयोग समेत गर्ने मेयर कलवारले प्रतिबद्धता जनाउनु भएको छ ।

error: Content is protected !!