पसलको ताल्चा फुटाएर चोरी गर्ने दुई जना रौतहट प्रहरीको फान्दामा

रबिन्द्र प्रजापति, मंसिर १३ गते । रौतहट ।
बुधबार राती पसलको ताल्चा फुटाएर चोरी गर्ने गिरोहका दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । रौतहट जिल्लाको सदरमुकाम गौरमा बुधवार राती करिब १२ः३० बजेको समयमा मोबाईल पसलको ताल्चा फुटाई चोरी गरिएको आरोपमा दुईजनालाई नियन्त्रनमा लिएको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको राजदेवी नगरपालिकाका वडा नं ९ ब्रहमपुरीका १९ वर्षीय शिवजी मण्डल तथा १८ वर्षीय साहिल भन्ने निरज मण्डलले रहेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिएका छन । निजहरुले जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको चौधरी मार्केटमा अवस्थित नवाब अलीको नेशनल मोबाइल एश्सोरिज पसलको ताला फूटाई विभिन्न कम्पनीको मोबाइल १५ थान र विभिन्न ईलेक्ट्रोनिक्स सामानहरू चोरी गरेका थिए।

उनीहरुले राती १.३० बजेको समयमा पुनः गौर नगरपालिका वडा नं. ५ बरहवा पुल स्थित जनकनन्दन पटेलको गौर ईन्टरप्राईजेज मोबाइल पसलको ताल्चा फुटाई पसल भित्र प्रवेश गरेका थिए।
उनीहरुले विभिन्न कम्पनीको ४ थान मोबाइल तथा अन्य सर–समानहरु चोरी गरी रहेको अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा प्रहरीको गस्ती टोलीले पसल भित्रै फेला पारी चोर समूहलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाईएको छ । उनीहरुलाई नकबजनी चोरी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रायले बताए ।

error: Content is protected !!