रौतहटमा सम्पन्न उपनिर्वाचनमा दुई वडामा कांग्रेस र एक वडामा एकीकृत समाजवादी पार्टी विजयी
रबिन्द्र प्रजापति, मंसिर १७ गते । रौतहट ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ । हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले ६ सय ५५ मत प्राप्त गर्नुभएको हो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका जिउतीदेवी यादवले ६ सय ३१ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले ६ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले २ सय ५८ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । यसअघिको चुनावमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित हुनुभएको थियो ।
यसैबीच ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ६ सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।
यस्तै राजपुर नगरपालिका वडा नं ६ मा पनि नेपाली कांग्रेसका उम्मेदवारले विजयी भएको छ । नेपालि कांग्रेसको उम्मेदवार शेख समसे आलमले विजयी, ७ सय ૪૪ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार जकरुलाहले ૪ सय ६३ नेकपा एमालेका उम्मेदवार महोम्मद नसिम अख्तरले ૪ सय ३१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।