कार्यवाहक प्रधानमन्त्री सिंहले गरे रौतहटको गढीमाई मेलाको उदघाटन
रबिन्द्र प्रजापति, मंसिर १८ गते । रौतहट ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ૪ सुन्दरपुरको गढीमाई मेलाको उदघाटन भब्य रुपमा सम्पन्न भएको छ । मंगलबार कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।
रौतहटको पूर्वीभेगमा पर्ने गढीमाई नगरपालिका ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।
मंगलवार एक समारोहका बिच प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन। उदघाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, पार्टी मधेश प्रदेशका सभापति पुर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अबुल कलाम आजाद, गढिमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगर पालिका का मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर कन्थमणि प्रसाद जयसवाल लगाएतको सहभागिता रहेको थियो।