भाेजपुरी स्टार यादव सँगसँगै रौतहटका भाेजपुरी गायकले पनि झुमाए दर्शक
रौतहट । भारतीय भाेजपुरी स्टार खेसारीलाल सँगसँगै रौतहटका भाेजपुरी गायकले पनि दर्शकलाई झुमाएका छन् ।
रौतहट जिल्लाको गढिमाइ नगरपालिकामा लागेको गढिमाइ मेलामा चर्चित भारतीय भाेजपुरी सुपर स्टार खेसारी लाल यादव सँगसँगै रौतहट कटहरियाको भाेजपुरी गायक साेनु कुशवाहा लगायतका कलाकारले पनि दर्शकहरू लाई भरपूर मनाेरंजन गराएका छन् ।
स्टेजमा नेपाली कलाकारहरूले साथ दिएकाे उनले आभार पनि प्रकट गरेका थिए ।
स्टेजमै भारतीय स्टार यादवले रौतहटका गायक सोनु कुशवाहा सहित टिकटक स्टार दिपलाल यादव र रचना शिवाकोटीलाई खुलेर प्रसंसा गरेको थियो ।
राैतहटकाे गढिमाई मेलामा खेसारीलाल सहित भाेजपुरी कलाकारहरू लाई हेर्न मानव सागर नै उर्लिएकाे थियाे । कलाकारहरूकाे नामै सुनेर टाढा टाढाबाट मानिस मेला हेर्न आएका थिए ।कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
साे नगरपालिकाकाे वडा नम्बर ४ सुन्दरपुरमा गढिमाईमा पञ्चवर्षीय मेला आगामी मंसिर २६ गते सम्म चल्ने गढिमाई नगरपालिकाका नगरप्रमुख श्याम यादवले जानकारी गराएका हुन् ।
राैतहटमा भने भाेजपुरी गायक कलाकार खेसारीलाल यादवकाे याे दाेस्राे आगमन हाे । यस अघि उनी माैलापुर मधानी महायज्ञमा सहभागी भएका थिए ।
कलाकारको माध्यमले पनि गढीमाई नगरपालिकाको धार्मिक तथा पर्यटकीय प्रवर्धन भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले प्रतिक्रिया दिएका छन् ।
नेपालको विभिन्न जिल्लाका साथै भारतको विभिन्नजिल्लाबाट पनि श्रद्धालु दर्शकहरु लाखौँको संख्यामा आउनुले पालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन भएको विश्वास पालिकाले लिएको यादवको भनाइ छ ।
रौतहटको दर्जनभन्दा बढी ठाउँमा गढीमाई मेला लागिरहेको भए पनि सबैभन्दा पुरानो सुन्दरमा रहेको मेलालाई मानिएको छ । सुन्दरपुरमा १३औँ पटक मेला लागेको नगर प्रमुख यादवको भनाइ छ ।