सर्लाहीको जमुनियामा प्रदेशका अर्थमन्त्री यादव द्धारा गढीमाईको मेला उदघाटन
सर्लाही मंसिर २१ गते
सर्लाही जिल्लाको कबिलासी नगरपालिकाको वडा नं.६ जमुनियामा विहिवार देखि पञ्चबर्षीय गढीमाई मेला औपचारिक रुपमा सुरु भएको छ ।
मेलाको एक समारोहका बीच मधेश प्रदेश सरकारका अर्थमन्त्री शुनिल कुमार यादव जितेन्द्रले रिबन काटेपछि मेला औपचारिक रुपमा सुरु भएको हो ।
बिहीवार आयोजित एक कार्यक्रमका बीच अर्थ मन्त्री यादवले रिबन काटेर जमुनियामा गढिमाई मेलाको उदघाटन गरेको बताइएका छन् । उदघाटन संगै मेला विहीवार देखि सुरु भएको छ । मेला मंिसर २४ गतेसम्म लाग्ने आयोजक मेला मूल सेवा समिति जमुनयाले जनाएको छ ।
मेलामा राँगा, खसी, परेवा, हासको बलि दिइने छ । जमुनियामा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा पंञ्चवर्षिय गढीमाईको मेला लाग्दै आएको छ । यस गढीमाई मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु आउने गर्दछन् ।
भाकल पुरा हुनेहरूले पशु बलि समेत दिने गरेका छन् । यस मेलामा सर्लाही सहित अन्य जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् । मेला उदघाटन कार्यक्रममा नगर प्रमुख ब्रहमदेव राय यादव र उपप्रमुखले सम्मान पत्रले कदर गरेका थिए ।
सो कार्यत्रममा बिभिन्न वडाका वडा अध्यक्ष सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको बताइएको छ ।