देवाही गोनाहीको पिपरा सडक ढलानमा पिपिसी सिमेन्टको प्रयोग स्थानियको बिरोध
रामानन्द साह रौतहट मंसिर २० गते
रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिपरामा हुदै गरेको ढलानमा पिपिसी सिमेन्टको प्रयोग भएपछि स्थानियहरुले बिरोध गरेका छन ।
संघिय सरकारको कुल ८० लाखको लागतमा निर्माण हुदै गरेको सडकमा ओपिसीको सट्टा पिपिसी सिमेन्ट प्रयोग गरेर ढलान गर्न थालेपछि स्थानियहरुले सो कार्यको बिरोध गरेका छन ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको निर्देशनमा कमदारहरुले सडक ढलानमा पिपिसी सिमेन्ट प्रयोग गरि रहेको स्थानिय नेपाली कांग्रेसका नेता भोला राय यादवले बताएका छन ।
सडक ढलानमा कमसल समाग्री प्रयोग गरिरहदा स्थानियहरुले बिरोध गर्दा पनि मेयर साहले काम नरोकिएको यादवले भने ।
भौतीक संरचना वा सडक ढलान जस्ता सरकारी स्तरको कार्यमा होडिङ्ग बोड राख्नुपर्ने सरकारी नियम भएपनि मेयर साहले सत्ता र पावरको बलमा बोड नलाई सडक ढलान कार्य गराई राखेको नेता यादवको भनाई रहेको छ ।
यादवले सढकल ढलान गर्नु अघि सडकमा गिटी राखेर ग्रेबल गरि पानी हालेर रोलरले मिलाएपछि मात्र ढलान गर्नु पर्छ तर त्यस्तो नगरी ढलान कार्य शुरु गरेको स्थानियहरुको भनाई छ ।
यसै बिषयलाई लियर नेता यादवले पालिकाका प्रमुख प्रशासकिय अधिकृत संन्देश यादवलाई जानकारी गराएपनि वहाँले काम नरोकिएको आरोप लगाउनु भयो ।
सरकारी निकायबाट हुने कार्यमा इस्टीमेट बोड राख्नु पर्ने नियम रहेकाले यसमा संम्बन्धी ब्यक्तीले नै ध्यान दिनुपर्ने हाकिम यादवले भने ।
त्यस्तै सोही ढलानको लागि जयनगरमा रहेको हाडवेयर पसलबाट लोड गरिएको पिपिसी सिमेन्ट स्थानियले देखेर बिारेध गर्दा सो सिमेन्ट गोदाममै थनकाइयो कुरा पनि बाहिरिएको छ ।
पिपिसी सिमेन्टको प्रयोगबाट हुने ढलान कमसल भएपछि सरकारको लगानी बालुवामा पानि खन्याको सरह हुने भन्दै त्यसलाई रोक स्थानियहरुले प्रयास गरेपनि मेयर साहले बलज्फती गरी ढलान कार्य गराई रहेको स्थानियहरुको भनाई रहेको छ ।
यसैगरी सडक ढलना गर्दा सकडको बिच भाग खाली गरि ढलान गर्नु पर्ने हुन्छ तर मेयर साहले सडको बिचमै गागिडिएको बिद्युत ट्रान्फरर्मर अन्यन्त्र न सारी ढलान गरेपछि त्यस्को फोटो समाजिक संजालमा भाईरल बनेको छ ।