कनकपुरमा गढीमाई मेलाः किनरहरुको अश्लील गीतमा खुल्म खुला नाच

बौधिमाई न्यूज डेस्क,
रौतहट, मंसिर २१ गते ।

रौतहटमा पछिल्लो समय मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमको नाममा भोजपुरी गीत बजाएर अश्लील गतिविधि बढदै गएको पाईएको छ । जिल्लाको कनकपुरमा लागेको गढीमाई मेलामा योजना गरेको सांस्कृतिक कार्यक्रममा भोजपुरी अश्लील गीतहरु बजाईदै नाचगान गरिएको जनगुनासो छ ।

श्री गढीमाई पञ्चवर्षीय मेला २०८१ बृहत सांस्कृतीक कार्यक्रममा मेला समितिहरुले नाचगानको योजना गरि मेलामा भोजपुरी अश्लील गीत “सब ढोरी ढोरी ह तोहार ढोरी दुधके कटोरी ह” लगाएत विभिन्न छाडा अश्लील गीतहरुमा किनरहरुलाई नाचाई रहेको दृश्य समाजिक संजालमा भाईरल बनेको छ ।

धार्मीक स्थलमा सांस्कृतिक कार्यक्रम हुनु पर्नेमा मेला समितिहरुले योजना गरिएको नाचगानको कार्यक्रममा बाजिरहेको थरी थरीको अश्लील गीतले समाजमा नकरात्मक असर पर्ने सम्भावना बढेको केहि बुद्धजिवीहरुले बताए । यसै विषयमा पत्रकारहरुले मेला अध्यक्ष पलट चौधरीलाई फोन गर्दा आफुलाई फुरसत नभएको बताए । त्यस्तै वडा अध्यक्ष झमक प्रसाद चौलागाईलाई फोन गर्दा अर्को दिन फोन गर्नु भनेर फेन काटेको थियो ।

पछिलो समय हिन्दुहरुमाथी विरोध गरिएको नृत्य प्रिति पाशवानलाई समेत कार्यक्रममा बोलाएर विहीबार कार्यक्रम गराएको थियो । नृत्य पाशवानले कनकपुर पुग्दा केही यूवकहरुले खुलेर विरोध गर्दै स्टेजमा जानबाट बञ्चित बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले केहि महिना अगाडि एक विज्ञप्ति जारी गर्दै प्रहरीको अनुमतिबिना कुनै पनि स्थानमा अश्लीलता झल्किने किसिमका नाचगान तथा कार्यक्रम गर्न नपाइने सूचना जारी गरेपनि जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना उल्लंखन भएको पाईएको छ ।

धार्मिक, सांस्कृतिक, राजनीतिक वा कुनै पनि किसिमको नाचगान जस्ता कार्यक्रम गर्दा अनिवार्य रुपमा आयोजक पक्षले कार्यक्रम सञ्चालनका लागि अधिकार प्राप्त अधिकारी वा निकायबाट अनुमति लिनुपर्ने ब्यवस्था जिल्ला प्रहरी कार्यालय रौतहटले समेत गरेको छ ।

error: Content is protected !!