बाराको गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहटमा दुर्घटना ८ जनाको मृत्यु

रबिन्द्र प्रजापति, मंसिर २५ गते । रौतहट ।
बाराको गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्क आठ जना मध्ये सात जना एउटै टोलका हुन ।
पूर्वपश्चिम राजमार्गको रौतहटको चन्द्रपुर नगरपालिका–४ मा भएको स्कर्पियो दुर्घटनामा परि घाइते भएकाहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृतकमध्ये सात जना अर्नमा गाउँपालिका–३ बन्ठिया टोलका स्थानीय हुन् । अर्का मृतक सोही गाउँपालिका–५ का स्कार्पियो चालक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

घाइते भएका पाँच जनामध्ये चार जनाको चन्द्रपुरको हाईवे ट्रमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा सिराहाको अर्नमा गाउँपालिका–३ बस्ने वर्ष ३० कि राधा राम, सोही स्थानका उमेश रामको छोरा दुई बर्षका आर्यन राम, वर्ष २५ कि देव कुमारी महरा र देव कुमारीको छोरा वर्ष ७ को रितिक महरा रहेका छन् ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अर्नमा गाउँपालिका– ३ बन्ठिया टोल बस्ने वर्ष ६० कि कन्या देवी महराको अवस्था गम्भिर रहेकोले उनलाई बयोधा अस्पताल बिरगंज रेफर गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

मृतकहरुको शब पोस्टमार्टमको लागि चपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको तथा दुर्घटनामा परेको स्कर्पियो ट्राफिक प्रहरी कार्यालय चपुरमा राखिएको रायले बताए ।
बाराको निजगढबाट आउदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो मंगलबार राति सवा एक बजे आफैं अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

error: Content is protected !!