रौतहटमा टिकटकको नाममा नबालिका केटिहरुको नाच

रबिन्द्र प्रजापति, मंसिर २५ गते । रौतहट ।
रौतहटमा टिकटकको नाममा नबालिका केटिहरुलाई नचाईरहेको छ । जिल्लामा मेला महोत्सव सहित बिभिन्न सांस्कृती कार्यक्रमको नाममा नाचगानको लागी टिकटकको नाममा नबालिक केटीहरुलाई नचाईरहेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अश्लिल गितमा नाचगान तथा रातिको समयमा ठुलोस्वरमा डिजे बाजा बजाउन निषेध गरिए भएपनि अहिले खुुल्याम रुपमा प्रहरी प्रशासानको संरक्षण तथा जनप्रतिनिधि र मन्त्रीहरुको रोहबरमा समेत भोजपुरी अश्लिल गितहरुमा खुल्याम टिकटकीया स्टार भन्ने १५ ÷१६ बर्षकी केटीहरुलाई नचाईरहेको छ ।

टिकटकको नाम पनि अंग प्रदर्शन गर्ने गरेको समेत पाईएको छ । प्रहरी प्रशासनको अगाडीनै टिकटकीया स्टारहरुले नाची रहेको प्रमाण फेला परेको छ । रौतहट जिल्लामा लागेको गढीमाई मेलामा सांस्कृतीक कार्यकक्रको नाममा मेला आयोजकहरुले टिकटकीया स्टारहरुलाई बोलाई अश्लील भोजपुरी गीतमा नचाईरहेको प्रमाण फेला परेको हो ।

स्थानीय प्रहर्रीले स्टेजकै अगाडी कुर्सिमा बसि नाची रहेको नबालिक टिकटकीयाहरुको नाच हेरी रहेको भिडियोमा पाईएको छ । यस प्रति सम्बन्धित निकायहरुको ध्यान जाओस भन्नेका छन । समाजमा केहि मानिसहरु आफ्नो लोभको लागी साना–केटीहरुलाई पैसाको प्रलोभन दिई नचाईरहेका स्थानीहरुले बताएउ छन ।

उक्त टिकटकीयाहरुका कारण समाजमा नकरात्मक असर पर्ने खतरा बढेको स्थानीले बताउनु भयो । टिकटकीयाहरुले खुल्म खुला अंग प्रदर्शन गरिए पनि प्रहरी प्रशासनले रोक लगाउनुका सट्टा रमाउदै गरेको भिडियोमा देखिन्छ ।

error: Content is protected !!