रौतहटमा नेपाल सोनार समाजको धर्मशाला भवनको शिलान्यास कार्यक्रम सम्पन्न
रबिन्द्र प्रजापति, मंसिर २७ गते । रौतहट ।
रौतहटमा नेपाल सोनार समाजको धर्मशाला भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको ब्यपारीक नगरीमा अवस्थित गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगरमा बुधबार एक सम्हारोका बिच नेपाल सोनार समाजको धर्मशाला भवनको शिलान्यास गरिएको छ।
गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल र नेपाल सोनार समाज रौतहटको अध्यक्ष कामेश्वर साह सोनारले संयुक्त रुपमा पुरोहितद्वारा बिधिवत रुपमा मन्त्र वाचन गरि धर्मशाला भवनको उद्वघाटन गर्नु भएको कटहरिया नगरपालिका वडा नम्बर ५ का पूर्व कार्यापालिका सदस्य रामप्रवेश साह सोनारले जानकारी दिनु भयो ।
मधेश प्रदेश नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रामजी साह सोनारको अध्यक्षतामा उक्त शिलान्यास कार्यक्रम सम्पन्न भएको नेपाल सोनार समाज रौतहटका अध्यक्ष कामेश्वर साह सोनारले जानकारी दिनु भयो । उक्त शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रुपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने विशिष्ट अतिथिको रुपमा जयकिशोर साह सोनर रहनु भएको थियो ।
शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जैसवालले अनुदान स्वरुप १५ लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ । त्यस्तै देवाही गोनाहीका नगर प्रमुख प्रेमलाल साहले १० हजार ईटा अनुदान दिने घोषणा गर्ने भएको छ भन्ने मेयर प्रत्याशी अनिल यादवले एक लाख ५० हजार अनुदान दिने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले १ लाख १ हजार र गरुडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षल रामबिनोध साहले २ लाख १ जना रुवरुप अनुदान दिने प्रतिबद्धता जनाउनु भएको छ भन्ने उक्त धर्मशाला निर्माणका लागि विभिन्न दाताहरु लाखौं लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष कामेश्वर सोनारले जानकारी दिनु भयो ।
शिवनगरमा भएको धर्मशाला भवन उद्वघाटनले उक्त पालिकाको वरिपरिका अति गरिब बिपन्न परिवारलाई सहयोग मिल्नुको साथै सम्पुर्ण मानिसहरुलाई राहत मिलने उदेश्यले यस धर्मशाला भवनको शिलान्यास गरिएको मधेश प्रदेश नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रामजी साह सोनारले बताउनु भयो ।
‘यसै बिच’ नगर प्रमुख जैसवालले “भन्ने” धर्मशालाको निर्माणले अति विप्पन्न परिवारलाई विवाह, व्रतबन्ध तथा कुनै किसिमको सार्वजनिक कार्य गर्न मद्दत पुग्ने बिश्वास लिएको छु । सोहि अनुरुप धर्मशाला निर्माणको निम्ति नगरपालिकाको सहयोग रहने प्रतिबद्धता गरेको छु । अगामी दिनमा समेत यस्ता विकास निर्माणका कार्यमा गरुडा नगरपालिकाको साथ र सहयोग रहने छ ।