राम मन्दिर उद्घाटनको वार्षिकोत्सवमा पेटभर्वामा रामधुन र दीप प्रज्वलन गरिदै

दिपेन्द्र रजक माघ ८ गते । रौतहट ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका पेटभर्वामा राम मन्दिर उद्घाटनको पहिलो वार्षिकोत्सवको अवसरमा भक्तजनहरुले रामधुन र दीप प्रज्वलन गरिदै छ्न ।

राम जन्मभूमि भारतको उत्तर प्रदेश राज्य अयोध्यामा रहेको भगवान् श्री रामको प्राण प्रतिष्ठा तथा राम मन्दिर उद्घाटनको वार्षिक उत्सवको अवसरमा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा न ६ पेटभर्वा गाउँमा रहेको दुर्गा बाबाको मन्दिर प्राङ्गणमा यहि जनवरी २१ तारीख माघ ८ गते मंगलबारको दिन देखि हनुमान अराधना र साझमा दियो बालेर दीप प्रज्वलन गरि रातिमा झाखी प्रोग्राम हुन लागिएको मा.बि.पेटभर्वाको शिक्षक एवम लेखापाल बिगन यादवले जानकारी दिए ।

भागवान श्री राम र माता जानकि को आशीर्वादले जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुने जनविश्वास रहेको भन्दै सम्पुर्ण फतुवा बिजयपुर नगरबासी हरूलाई उत्साहका साथ सहभागी हुन वडा न ६ को वडा अध्यक्ष रामएकवाल यादव सर्वजनिक अपिल गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रमलाई धार्मिक आस्था, सद्भाव र सामूहिक एकताका रूपमा मनाउन सबै भक्तजनलाई सहभागी हुन आग्रह गरिएको छ ।

यस्तै यहि जनवरी २२ तारीख माघ ९ गते बुधबारको दिन श्री राम जानकि मठ पेटभर्वामा रामधुन हुने समाजसेबि युवा नेता जेतेनद्र पटेल बताएका छ्न ।

भारतको उत्तर प्रदेश राज्य अयोध्यामा रहेको भगवान् श्री रामको प्राण प्रतिष्ठा तथा राम मन्दिरको उद्घाटन २२ जनवरी २०२४ मा सम्पन्न भएको थियो