
कटहरिया बजारको मुख्य सडक स्थानीय ब्यपारीको कब्जामा, सवारी आवत जावतमा समस्या
माघ ०९ गते । रौतहट ।
रौतहटको कटहरिया बजारमा स्थानीय ब्यपारीको मनोमानी बढदा बाटो फित्लो हुँदै गएको छ । स्थानीय सरकारले समेत चासो नलिएको कारण बाटो फित्लो बन्दै गएको पाईएको छ । मुख्य सडकको दुवै साईडमा स्थानीय ब्यपारीहरुले कब्जा गरेर ब्यपार ब्यवसाय गर्न थालेपछि समान खरिद गर्न आएका ग्राहकहरुलाई आवतजावत गर्न कठिनाई हुनुको साथै दुर्घाटनाको उच्च जोखिम बढेको छ ।
आफनो ब्यक्ती गत स्वार्थ पुरा गर्नको लागि कतिपय ब्यपारीहरुले मुख्य सडक नै कब्जा गरेर ब्यपार ब्यवसाय गर्न थालेपछि पदैल यात्रीलाई समेत हिडन समस्या भएको छ । जिल्लाको एक मात्र चर्चित बजारको रुपमा रहेको कटहरिया बजारमा ब्यपारीहरुले गर्दा कुरुप बन्दै गएको गा्रहकरुहरुले गुनोसो गरेका छन ।
कटहरिया बजारको मुख्य सडक खाली राख्नुको सट्टा ब्यपारीहरुले दिन दिनै अतिक्रमन गर्न थालेपिछि बजारको अवस्था निकै कमजोर हुँदै गएकोले स्थानिय बासीहरुको भनाई रहेको छ। हप्ताको दुई दिने लाग्ने यो बजार ईलाका प्रहरी कार्यालय कटहरिया देखि नगरपालिका कार्यालयको भवन सम्म स्थानीय ब्यपारीहरले बाटोमै ब्यपार ब्यवसाय गर्न थालेपछि साबधानी नअपनाउदाँ दुर्घटना हुने गर्द छन ।
पछिल्लो समय कटहरिया बजारमा ब्यपारीहरुले एउटा कोठा भाडामा लियर पसल संञ्चालन गरी पसलका आधि सरसमानहरु सडकमै राखेर बिक्री बितरण गर्ने गरेको कटहरियाका स्थानिय दिनानाथ साह कलवारले बताएका छन । साहका अनुसार स्थानीय ब्यपारीहरुले आफ्नो पसलको अगाडी जुता,चप्पल,कपडा,मिठाई,फलफुल लगाएत किरानाका समानहरु सडकमै राखेर विक्रि वितरण गरिरहेकोले बाटो फित्लो हँदै गएको छ ।
बाटो अवरुद्ध हुँदा बाहिरि ब्यपारीहरुलाई चारचक्का,मोटरसईकल जस्ता सवारी साधनहरुलाई आवतजावत गर्न निकै समस्या हुदै आएको छ । कटहरिया बजारमा पार्किङ्गको सुबिधा नहुदा खास गरी बजारका दिन बाहिरबाट आएका ग्राहकहरुलाई मोटरसाईकल राख्न समस्या हुदै आएको छ ।
बजारमा पार्किङ्गको राम्रो सुबिधा नहुदाँ चोरीका डरले पसलहरुकै आगाडी मोटरसाईक पार्किङ्ग गर्दा बाटो नै बन्द हुने गर्दछ । जसका कारण अवतजावत गर्न कठिनाई हुदै आएको छ । आईतबार र बुधबार कटहरिया बजारको मुख्यबाटो जाम हुन्छ । बाटो अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेपनि स्थानीय सरकार मुखर्दशक बनेका छन । बजारमा दिन दिनै दुर्घटना बढने अवस्था आएपनि जनप्रतिनिधिहरुको ध्यान आफ्नो बजेट केन्द्रित रहेको जन गुनासो बढन थालेका छन ।
स्थानिय तहको दोस्रो निर्वाचन भएर जितेका जनप्रतिनिधीहरुको कार्यकाल ३ वर्ष बितन लागेको र अहिले सम्म बजारमा कहि कतै प्रगती नभएपछि स्थानियहरुले त्यसको बिरोध गर्न थालेका छन । कटहरिया बजार एक पुरानो बिरासत बोकेका बजार हुन । चर्चित बजारको अवस्था दिन दिनै कमजोर हुदा पनि कसैको ध्यान नपुग्नु दुख्द भएको स्थानियहरुले भन्छन ।
यो बजारमा पहिल्ला त पशुचौपायाको ब्यपार पनि निकै राम्रो हुने गर्थे तर अहिले आएर कटहरिया बजारमा तरकारीको मात्र ब्यपार ब्यवसाय हुन थालेको छ। कटहरिया बजारको मुख्य सडक देखि बजारको भित्री सम्मको ठाउँलाई राम्ररी ब्यवस्थापन गर्न सम्बन्धित स्थानीय जनप्रतिनिधि संग यसै समाचारको माध्यमले ध्यानाकर्षण गराउदै छु ।