रौतहटको पोखरीमा एक पुरुषको शव फेला

रबिन्द्र प्रजापति, माघ १० गते । रौतहट ।
रौतहटमा बिहीबार एक पुरुषको शव पोखरिमा फेला परेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ ककर्चको एक पोखरीमा एक जना पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

कटहरिया नगरपालिका वडा नम्बर ५ निवासी दिनेश राय यादवको बुवा रामचन्द्र राय यादवको शव आज ककर्चको गाउँको पोखरिमा फेला परेको प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार मृत भेटिएका यादव करिब दुई दिनदेखि घरबाट बाहिर रहेको र उनको स्वास्थ्य मानसिक अवस्था कमजोर रहेको उल्लेख गरेका छन्।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको तथा शवलाई प्रदेशीक अस्पताल गौरमा पठाईएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।