
कटहरिया नगरपालिकामा एक महिनादेखी जनप्रतिनिधिद्वारा लागाईएको ताल्चा सर्वसहमतिले खुल्यो
रबिन्द्र प्रजापति, माघ ११ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी बिहीबार सर्वसहमती खुल्लेको छ । बिहीबार बिहानै देखि अवस्था तनाव ग्रस्त बनेको नगरपालिकामा भएको छलफल पश्चात सर्वसहमतले नगरपालिकाको ताल्चा खुल्ला भएको छ ।
मंसिर २० गते कार्यपालिका बैठकमा गरिएको निर्णयमा पुनः छलफल गर्ने र असंतुष्ट पक्षको माग कार्यपालिका बैठकमा लैजाने सहमति गर्दै ताला खुलेको नगर प्रमुख अजय प्रकाश जयसवालले बताए ।
कटहरिया नगरपालिकामा लगाइएको तल्चा सम्बन्धमा बसेको सर्वपक्षीय बैठकबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको भोलिपल्ट बोर्ड बैठकको लागि पत्रचार गरिने र मंसिर २० गतेको निर्णयमाथी पुनः छलफल गरिने सर्तमा नगरपालिकामा लागाएको ताला खुला भएको नगर प्रमुख अजय प्रकाश जयसवालले जानकारी दिनु भयो ।
कटहरिया नगरपालिकामा अहिले प्रमुख प्रशाकीय अधिकृत विहीन रहको छ ।
कटहरिया नगरपालिकाका उप मेयर रिता देवी यादव, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगाएतको जनप्रतिनिधिले लिखितको आधारमा ताला खोल्दै हाकीम हाजिर भएपछि बोर्ड बैठकको लागि पत्रचार नभएपछि १ हप्ता पछि फेरी ताला बन्दी गर्ने चोतावनी दिएको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताए ।
सात बुँदे माग राख्दै उपमेयरको नेतृत्वमा वडा अध्यक्ष सहित जनप्रतिनिधिहरुले गत पुस ९ गते कटहरिया नगरपालिकामा ताला बन्दी गरेको थियो ।
यसैबिच विहीबार बिहानै देखि कटहरिया नगरपालिकामा पिडित नगरवासी उत्रेपछि तनाव ग्रस्त बनेको थियो ।
कटहरिया नगरपालिकामा एक महिनादेखि लगाइएको तालाबन्दीको विषयलाई लिएर आज नगर भरीका पिडित स्थानीय जनताहरुले नगरपालिकामा भएको ताला खुलाउने अडानका साथ विरोधमा उत्रेका थिए।
ठुलो संख्यामा मानिसहरूको भिड लागेकोले कुनै प्रकारको घटना नघोटोस् भनी ईलाका प्रहरी कार्यालय कटहरिया, ईलाका प्रहरी कार्यालय गरुडा, शस्त्र वेश क्यामप दुधिआभारका प्रहरीहरुलाई ठुल्लो संख्यामा परिचालन गरिएको थियो ।
कटहरियामा गत पुस ९ गते उपमेयर रिता देवी यादवको नेतृत्वमा वडा अध्यक्ष सहित जनप्रतिनिधिहरुले मेयर अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैलीको बिरोध गर्दै तालाबन्दी गरेका थिए।