देवाही गाेनाही नगरपालिकामा स्वास्थ्य संयाेजक रामकाे मनाेपली बढदै

रामानन्द साह, माघ १० गते । रौतहट ।
रौतहटको देवाही गाेनाही नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जग्गा रामकाे नगरपालिकामा मनाेपली दिन दिनै बढदै गएको छ। राम संयाेजक पद समहाले देखि पालिकामा अन्य कर्माचारी देखि लियर अन्य ब्यक्ति संगकाे सम्बन्ध बिग्रेका छन ।

रामले मेयरकाे हालीमुहाली गर्न थालेपछि स्वास्थ्य संयोजककाे जिम्मेवारी पाएका थिए । पालिकामा जन स्वास्थ्य अधिकृत सातौं तह हुदा हुदै पनि रामलाई जिम्मेवारी दिएपछि यस्तो अवस्था आएको हाे । राम (CMA) अहेब मात्र रहेको छ ।

पालिकामै दरबन्दी रहेका सातौं तहका अधिकृत नागेन्द्र पटेललाई मेयर साहले बलजफ्ती सरुवा गरि निजको ठाउँमा छैठौं तहका कर्मचारीलाई संयोजककाे जिम्मेवारी दिएपछि रामले मनाेपलि गर्न थालेका छन ।

राम आए देखि सुचना प्रवाहमा कमी गरिदै आएको छ । रामले सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्दा संचार मिडियालाई खबर नदिदा स्थानीय पत्रकारहरु आक्राेसित भएका छन ।

उदहारणकाे लागि बुधबार ९ गते नगरपालिकाकाे सभा हलमा आयोजना गरिएको एच.पी.भी.खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाहरुको बैठकमा शिकक्ष , पत्रकार तथा अन्य सराेकारवालाहरु बैठकमा पनि रामले कुनै पनि पत्रकारलाई खबर नगरेको स्थानीय पत्रकार रामानन्द साहले बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा कुनै कुनै यस्तो कार्यक्रम हुन्छन जसमा पालिका भित्र नागरिकलाई सुचना प्रवाह गर्नु नै पर्छ तर रामले स्थानीय संचार मिडियालाई ब्यवस्था गर्दै आएका छन।

स्थानीयलाई सुचना प्रबाह गर्ने पत्रकारकाे दायित्व हुदाहुदै पनि रामले बिना कुनै जानकारी गराई बैठक राखी पत्रकारको हकहितलाई मार्ने काशिस गरेकाे साहले आराेप लगाएका छन ।