कटहरिया नगरपालिकामा २१ सय भन्दा बढी किशोरीले लगाए एच पिभि खोप

रबिन्द्र प्रजापति, माघ २७ गते । रौतहट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संचालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ रौतहट जिल्लाको कटहरिया नगरपालिका सहित देशै भर संचालनमा रहेको छ । कटहरिया नगरपालिकामा एच पि. भि. खोप माघ २३ गते देखि संचालन भएको छ ।

कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादवले दिएको जानकारी अनुसार कटहरिया नगरपालिका भरिमा खोपको लक्ष्य २४ सय १३ रहेकोमा आईतबार सम्म २१ सय २४ जना किशोरीले खोप लगाएको छ ।

कटहरिया नगरपालिकामा ८९ प्रतिशत एच पि. भि. खोप लागेको र ११ प्रतिशत मात्र बाकी रहेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिनु भयो ।

स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादवले दिएको जानकारी अनुसार, कटहरिया नगरपालिका भित्र संचालन भएको एच पि. भि. खोप कक्षा ६ देखि कक्षा १० सम्म लगाइएको छ । स्कूल तथा बोर्डिंगको रजिस्टर अनुसार खोप लगाउनका लागी कर्मचारीहरुलाई स्वास्थ्य शाखा प्रमुख यादवले निर्देशक दिएको बताउनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्कुल तथा बोर्डिंगबाट वञ्चित भएको १० वर्ष देखि १४ वर्षका किशोरीहरुलाई खोप लगाउने तालिका रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तालिका अनुसार खोप अभियान संचालन भएको प्रमुख यादवले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ । यो खोप माघ २३ गते देखि सुरु भएको छ ।