
भन्सार छलीको सामान सहित चार जना रौतहट प्रहरीद्धारा पक्राउ
रबिन्द्र प्रजापति, माघ २७ गते । रौतहट ।
भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको सामान रौतहट प्रहरीले बरामद गरेको छ भन्ने ४ जना तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रहरी चेकिङ टोलीहरुले सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानहरुमा विभिन्न सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा बिआर ०५ ओ ४४०२ नम्बरको मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामान बरामद गरेको छ।
बरामद सामानको अं. मुल्य ८३ हजार ५ सय ८५ रुपौयाँ रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तीमा कपडा, मोटरसाईकलको स्पेयर पार्टहरु र किराना लगायतका सामानहरु फेला परेको उल्लेख छ ।
त्यस्तै अन्दाजि मुल्य ५० हजारको सर–सामान सहित मोटरसाईकल गरि १ लाख ३३ हजार ५ सय ८५ रुपैयाँको सामान बरामद गरिएको विज्ञप्तीमा उल्लेख रहेको छ । तस्करी गर्ने रौतहट जिल्लको राजदेवी नगरपालिका वडा नं.२ बस्ने बर्ष २२ को धन्दिप बैठा, सोही स्थान बस्ने वर्ष १८ को शेख अफरोज, मौलापुर नगरपालिका वडा नं. ६ बस्ने अमरेन्द्र कुमार जयसवाल र बौधिमाई नगरपालिका वडा नं. ६ बस्ने बर्ष २० को रुपेश यादव सहित बरामद गरिएको सामानलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।