अधिकृत रामजी जोशी भ्रष्टाचारीमा लिप्त रहँदा बिभिन्न पालिकाबाट लखेटिदै

रमेश कुमार यादब, माघ २७ गते । रौतहट ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि भ्रष्टाचारमा संलग्न भएको आरोप पुनः सतहमा आएको छ ।

त्यति मात्र नभएर ’आईफोन काण्ड’ मा समेत मुछिएका जोशीका कारण कटहरिया नगरपालिका बदनाम भएको थियो । कटहरिया नगरपालिकामा कार्यरत रहँदा जोशीले ठेकेदारसँग मिलेर गोप्य टेन्डर प्रक्रियामार्फत कमसल सामग्री प्रयोग गरी सार्वजनिक सम्पत्तिमा हानी पु¥याएको आरोप छ ।

कटहरिया नगरपालिकामा कार्यरत रहँदा, जोशीले १५० रुपैयाँ पर्ने किताबको मूल्य ८०० रुपैयाँ तोकी गोप्य टेन्डरमार्फत खरिद गरेको आरोप पनि लागेको छ । यस्ता क्रियाकलापले पालिकालाई नै धरापमा पार्ने काम गरेको भन्दै स्थानीयहरूले जोशीलाई जिल्लाबाटै हटाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।हालै यमुनामाई गाउँपालिकामा पुनः नियुक्त भएका जोशीमाथि पुनः भ्रष्टाचारको आरोप लागेका छन् ।

कार्यालयमा हाजिर भएको १५ दिनमै उनले मेयरलाई नयाँ–नयाँ योजनाको प्रलोभन देखाउँदै अनियमित क्रियाकलापमा संलग्न रहेको आरोप स्थानीय कर्मचारीहरूले लगाएका छन् । नाम नबताउने सर्तमा एक कर्मचारीले भने, “जोशीले कार्यालयमा हाजिर भएको केही दिनमै मेयरलाई विभिन्न योजनाको प्रलोभन देखाउँदै अनियमित क्रियाकलापमा संलग्न छन् ।

“यसअघि, जोशीमाथि छत्रदेव गाउँपालिकामा कार्यरत रहँदा पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रहेका जोशीविरुद्ध ४,४७,५०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यति मात्र नभएर यहि रबैयाको कारण २०७९ सालमा धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका बेला जोशी आफ्नै कर्मचारीबाट पिटिएका थिए ।यसरी पटक–पटक भ्रष्टाचारको आरोप लाग्दै आएका जोशीप्रति स्थानीयहरू आक्रोशित छन्। उनीहरूले यस्ता भ्रष्ट अधिकारीलाई जिल्लाबाटै निष्कासन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।