ठुलो ठुलो भाषण गर्ने प्रभु साहको क्षेत्रमा बारुण यन्त्रको अभाव ,आगलगीका कारण एक परिवार बिचल्लीमा

रमेश कुमार यादब माघ २६, गते । रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाको वार्ड नं. ५ स्थित पतौरा गाउँमा गए राति करिब १२ बजे भीषण आगलगी हुँदा एक गरिब परिवारको घर पूर्ण रूपमा नष्ट भएको छ । तर प्रारम्भिक अनुमानअनुसार बिजुली सर्ट वा कुनै ज्वलनशील पदार्थका कारण आगो लागेको हुनसक्ने बताइएको छ ।

आगलगीबाट लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ भने पीडित परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । स्थानीयका अनुसार, पतौरा निवासी प्रदेशी पंडितको घरमा रातको मध्यरातमा अचानक आगलगी सुरु भएको थियो । घरमा रहेका लत्ताकपडा, भाडाकुडा, अन्नपात लगायतका सामग्री जलेर खरानी भएका छन् ।

यति मात्र नभई, परिवारका सदस्यहरू रातभर कठ्यांग्रिने जाडोमा घरबाहिर बस्न बाध्य भएका छन् । स्थानीय बासिन्दाहरूले आगलगी भएको देख्नेबित्तिकै तत्पर भएर आगो नियन्त्रणको प्रयास गरे ।तर आगोको राकोले गर्दा करिब २–३ घण्टाको अथक प्रयासपछि आगो निभाइएको थियो ।

तर, नगरपालिकामा एउटा समेत बारुण यन्त्र (दमकल) नहुँदा आगो निभाउन निकै कठिन भएको पीडित तथा स्थानीयले बताएका छन् । तर मौलापुर नगरपालिकामा एउटा पनि दमकल (बारुण यन्त्र) उपलब्ध नहुँदा आगो निभाउन अत्यधिक कठिनाइ भएको थियो ।

समयमै दमकल पुगेको भए क्षतिको परिमाण कम हुनसक्थ्यो भन्ने स्थानीयको भनाइ छ । उक्त नगरपालिकामा बारुण यन्त्रको अभाव हुँदा आगलगी नियन्त्रणमा ठूलो समस्या परेको थियो ।

स्थानीय बासिन्दाहरूले नगर प्रमुख रिना साहमाथि आक्रोश व्यक्त गरेका छन् । उनी लगातार दुई पटक नगर प्रमुख बनेकी भए पनि अहिलेसम्म नगरपालिकाका लागि दमकलको व्यवस्था नगरेको भन्दै आलोचना गरिएको छ ।

यसैगरी, सोही क्षेत्र नं. ३ बाट तीन पटक मन्त्री भइसकेका प्रभु साहले समेत बारुण यन्त्रको व्यवस्था नगरेको प्रति स्थानीयले कडा आलोचना गरेका छन् ।

स्थानीय एक व्यक्तिले भने, नगरवासीहरू जनताको ज्यान जोगाउने तर्फ ध्यान नदिई लाखौं खर्च गरेर भारतीय कलाकार ल्याई टिकटक तथा सांगीतिक कार्यक्रमहरूमा फजुल खर्च गर्ने प्रवृत्तिप्रति आक्रोशित भएका छन् ।

तर, एउटा दमकल किन्ने कुनै चासो छैन ।“आगलागीबाट घरविहीन भएका पंडित परिवार अहिले असहाय अवस्थामा पुगेका छन् । चिसो मौसममा उनीहरूको बसोबास तथा खाद्यान्नको समस्या गम्भीर भएको छ ।

अहिले स्थानीय तथा समाजसेवीहरूले पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग गर्न आग्रह गरिरहेका छन् ।घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । स्थानीय प्रशासन तथा प्रहरी अनुसन्धानमा जुटेका छन् ।

तर, बारम्बार यस्तो समस्यासँग जुध्नुपर्ने अवस्थाले स्थानीयबासीहरू नगरपालिकाको व्यवस्थापकीय क्षमताप्रति निराश भएका छन् ।यो घटनाले पुनः एक पटक दमकल जस्ता अत्यावश्यक सेवाको अभाव कति घातक हुन सक्छ भन्ने देखाएको छ ।

नगरपालिकामा एउटा दमकल भए आगलागीको क्षति कम गर्न सकिन्थ्यो । स्थानीयहरूले अब पनि सरकार र जनप्रतिनिधिहरूले चासो नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।यस घटनाले नगरपालिकाको कमजोरी उजागर गर्दै स्थानीय निकायलाई समयमै सचेत हुन सन्देश दिएको छ।

पीडित परिवारका लागि राहत तथा सहयोगको आवश्यकता भएकाले संघ, प्रदेश, स्थानीय सरकार तथा सामाजिक संघसंस्थाहरूले तदारुकता देखाउन आवश्यक छ ।