
आज विहानै देखि महाकुम्भमा माघी पूर्णिमाको पवित्र स्नान सुरु
प्रयागराज (उत्तरप्रदेश), ३० माघ । १४४ बर्ष पछि लागेका महाकुम्भमा आज माघि पुर्णिमा अर्थात चौथो शाही स्नान बुधवार विहानै देखि सुरु भएको छ ।
भारत उत्तरप्रदेशका प्रयागराज स्थित गंगा, जमुना र सरस्वतीको अदृष्य संगम तटमा १४४ बर्ष पश्चात लागेका डेढ महिने महाकुम्भ मेलामा आस्थाको डुब्बकी लगाउने श्रद्धालु भक्तजनहरु भारत नेपाल सहित विभिन्न देशबाट उक्त स्थानमा पुगेको हो ।
व्यापक यातायात एवं असंख्य मानिसहरुको उस्थितिलाई नियन्त्रण गर्न कडा सुरक्षा प्रबन्ध गरिएको र सुरक्षा उपायका बीच यहाँको महाकुम्भ मेला क्षेत्रमा लाखौं भक्तजनको भीड लागेपछि बुधबार बिहानैदेखि माघी पूर्णिमाको पवित्र स्नान सुरु भएका छन् ।
माघी पूर्णिमा स्नानसँगै एक महिनासम्म चल्ने कल्पवासको पनि अन्त्य हुनेछ र करिब १० लाख कल्पवासी महाकुम्भबाट बाहिरिने छन् । प्रशासनले सबै कल्पवासीलाई ट्राफिक नियम पालना गर्न र अधिकृत पार्किङ स्थल मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
बिहानैदेखि नुहाउन थालेपछि त्रिवेणी संगमलगायत अन्य घाटमा लाखौं भक्तजनले पवित्र स्नान गरेका छन् । लाखौं तीर्थयात्री संगम नोज तर्फ जाने गर्दछन् ।
श्रोतः पीटीआई