
गाई र बाछो सहित दुई जना रौतहट प्रहरीको नियन्त्रणमा
रबिन्द्र प्रजापति, फाल्गुन ०१ गते । रौतहट ।
रौतहट प्रहरीले नेपालबाट अबैध रुपमा गाई र बाछो भारत तर्फ डोर्याई लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोस्ट बसपार्क रौतहटको समन्वयमा अस्थाई प्रहरी पोस्ट बमनहर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.२ फतुवा स्थित नेपालबाट अबैध रुपमा गाई र बाछो भारत तर्फ डोर्याई लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तिका अनुसार अ. मुल्य रु. ६५ हजार बराबरको ६ वटा गाई, १ वटा बाछो, गाई डोर्याउने गरेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
पशु चौपाया भारत तर्फ डोर्याउदै गरेको रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. २ फतुवा बस्ने अं. बर्ष ४३ को ओहिद अंसारी र यमुनामाई गाउँपालिका वडा नं. ३ बस्ने अं. बर्ष २८ को शेख सोहेब आलमलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको पशु चौपाया सहित पक्राउ परेकस दुई जनालाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको विज्ञप्तिमा उल्लेख गरिएको छ।