
कटहरियास्थित एक वर्कसपमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट
रबिन्द्र प्रजापति, फाल्गुन ०१ गते । रौतहट ।
रौतहटमा आगल लाखौंको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको चर्चित बजार कटहरिया स्थित मंगलबार राति एक वर्कसपमा भएको आगलागी भएक ईलाका प्रहारी कार्यालय कटहरियाले जनाएको छ ।
आगलागीबाट ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहले जानकारी दिनु भयो ।
सई सिंहले दिएको जानकारी अनुसर, कटहरिया नगरपालिका वडा नम्बर ५ का शंकर साहको घरमा सोही नगरपालिका वडा ९ डुमरिया गाउँका अनुप रामको छोरा २८ वर्षीय राजु रामले संचालन गरेको – राजु वर्कशपमा बिधुतको तार सर्ट भई मंगलबार राती १० बजे अचानक आगलागी भएको छ ।
आगोलागिबाट वर्कशप भित्र राखिएको बा ४६ प ९०७ नम्बरको मोटरसाईकल र बिक्रीका लागि राखिएको पार्टपुर्जाहरु जलेर ७ लाख रुपैयाँभन्दा बढीको क्षेती भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहले जानकारी दिए ।
आगलागी भएको खबर प्राप्त हुनासाथ सइ सिंहको कमाण्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर १० बजेर २० मिनेटमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।