अवैध काठसहितको पिकअप गाडी रौतहट प्रहरीको नियन्त्रणमा

फाल्गुन ०१ गते । रौतहट ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत शिवनगर चौकमा अवैध सालको काठ सहितको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

गाडी बरामद पछि नक्कली बिलको भरमा अबैध सालको काठको कारोवार भईरहेको खुलासा भएको हो ।

इलाका प्रहरी कार्यालय शिवनगर अगाडी बुधवार अपरान्ह चेकजाँचको क्रममा अबैध सालको काठ प्रयोग गरी बनाईएको फर्नीचर बोकेको ना ४ ख ८७९४ नम्बरको – पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

कुनै कागजपत्र नभएको अन्दाजी २२ क्युफिट सालको काठ प्रयोग गरी बनाईएको ५ थान चौकस, ५ थान झ्याल बोकेको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

बरामद काठ सहितको प्रणाम ना.४च ८७९४ पिकअप गाडी, चालक, आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय रौतहटमा पठाईएको डिएसपी कार्कीले जानकारी दिएका छन् ।

प्रहरीले अवैध काठ सहितको गाडी बुधवार दिउँसो वरामद गरेपछी कारोबारीले नक्कली

बिल देखाएर प्रहरी लाई झुक्याउन खोजेको थियो । तर डिएसपी कार्कीले अबैध काठ सहितको गाडी १ बजे नियन्त्रणमा लिएको र दिउँसो ३ बजे भ्याटबिल अनलाईन गरिएको देखाएको कारण ईनको कारोवार अबैध रहेको दाबी गरेका छन् । सभार : जनकपुर टुडे