
३१८ ग्राम सुन सहित नागढुंगाबाट दुई जना भारतीय नागरिक पक्राउ
रौतहट, १ फागुन । ३१८ ग्राम सुन सहित नागढुंगाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेका बा. प्र ०१–००२ ख ०५४२ नम्वरको यात्रुबाहक बसलाई काठमाडौंको प्रवेशगेट नागढुंगामा चेकजाँचको क्रममा प्रहरीले दुई जना भारतीय नागरिकलाई ३१८ ग्राम सुन सहित पक्राउ गरिएका हुन् ।
भारत महाराष्ट्र राज्यका २७ बर्षीय महेश अम्रृत मानी र २४ बर्षीय राहुल खडु सरकलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहोराले बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाए ।