
सिन्धुली, १ फागुन । सिन्धुलीमा भैंसीको प्रहारबाट एक जना वृद्ध व्यक्तिको मृत्यु भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्वर ३ नौबिसेका ७५ बर्षीय गोपाल घर्तीलाई भैंसीले हिर्काउदा बुधवार विहान मृत्यु भएको प्रहरीले जनाएको हो ।
हिजो बिहान करिब ७ बजे उनलाई भैँसीले हानेको थियो । मृतकको माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न जाँदा भैंसीले हिर्काएर उक्त घटना भएको बताइएको छ ।
अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टम जिल्ला अस्पतालमा गरेर मृतक परिवारलाई शव जिम्मा लगाएको वागमती प्रलेश प्रहरीले जनाएको हो ।