
एसइइ परिक्षामा उच्च अंक ल्याउने दुई जना बिधार्थीलाई ल्यापटप वडा अध्यक्ष पटेल
सागर संगम ठाकुर रौतहट फाल्गुण १६ गते
रौतहटमा एक जना वडा अध्यक्षले एसर्ईई परिक्षामा उच्च अंक ल्याउने दुई जना बिधार्थीलाई वडाको तर्फबाट ल्यापटप दिने घोषणा गरेका छन ।
जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.३ का वडा अध्यक्ष संजय पटेलले यस वर्षको एसइइ परिक्षामा आफनो वडामा रहेको श्री सरस्वती माध्यमिक बिधालयबाट परिक्षामा उच्च अंक ल्याउने दुईजना बिधार्थीलाइै वडा स्तरिय बजेटबाट ल्यापटप दिने घोषणा गर्नु भएको हो ।
केही दिन अघि बिधालयले आयोजना गरेको बिधार्थी पास आउट कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष पटेलले यस्तो घोषण गर्नु भएको थियो ।
पटेलले वडा अध्यक्षमा निवार्चित भएको तिन वर्ष कार्यकाल बितन्न लागेको यस अबधि भित्र वडामा गरिएका कामकाजे बारे र बिधालयमा प्रतिवध्ता गरिएको कुरालाई जनतामा जानकारी गराउने उदेश्यले शुक्रबार आफनो घरमै पत्रकार संग कुराकानी गर्दै यसबारे जानकारी गराउनु भयो ।
वडा अध्यक्ष पटेलले बिधालयमा अध्यनरत कक्षा दशका गरिब असहाय र बिपन्न परिवारका बिधार्थीहरुलाई एसइइ परिक्षाको रजिस्टेशन फारम भर्न पैसाको अभाव हुदै आएको खण्डमा अर्को वर्ष देखि वडाले नै तिर्ने प्रतिवधत्ता गर्नु भयो ।
वडा नं.३ मा रहेको सरस्वती माबिमा बिधार्थीको अनुपातमा शिक्षक अपुग रहेको भन्दै बिधार्थीहरुको गुनासोलाई पुरा गर्न स्थानिय सरकार र संम्बन्धीत निकायलाई जानकारी गराई सकेकाले र यसमा संम्बन्धी निकाले चाडैं पहल गर्ला भने बिश्वास ब्यक्त गर्नु भयो ।
देवाही गोनाही नगरपालिका वडा नं.३ देवाही टोलमा वडा अध्यक्ष पटेलले तिन वर्षको कार्यकालमा शिक्षा स्वास्थ्य र पुर्वाधारमा सब भन्दा बढी बिकाश गरेको बताउनु भयो ।
वडामा निर्वाचित भएपछि सरस्वती माध्यमिक बिधालयमा पल्सटुको लागि दुईकोठे भवन बौडरी वाल र प्रदेश सरकारबाट पनि दुईकोठे भवन निर्माण गराएको बताउनु भयो ।
त्यस्तै वडा अध्यक्ष पटेललले किसानहरुलाई खेतीपाति गर्नको लागि बोरिङ्ग जडान र आम नागरिकहरुको सुद्ध खानेपानीको लागि हैण्डपाई जडान गराउनु भएको बताए ।
अध्यक्ष पटेलले अबको दुई वर्षको कार्यकालमा वडा भित्रका अधुरा कार्यहरुको पुर्णता दिने प्रतिवधता गर्नु भयो ।