मधानी महोत्सवमा रितेश पाण्डेले दर्शकलाई झुमायो

रबिन्द्र प्रजापति, फागुन १४ गते । रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले आयोजना गरिएको मधानी महोत्सवमा रितेश पािण्डेको बेजोड प्रस्तुती देखाएका छन् । भोजपुरीको इतिहासमै पहिलो पटक गीतमा एक अर्ब भन्दा बढी भिउज पाएर रेकर्ड कायम राख्न सफल भोजपुरी अभिनेता तथा सु–प्रसिद्ध गायक रितेश पाण्डे आज रौतहटको मौलापुर मधानि महोत्सवमा शान्दार प्रस्तुति दिँदै लाखौं दर्शकलाई झुम्माएका छन् ।

जिल्लाको मौलापुरमा आयोजना भएको मधानी महायज्ञमा भारतिय भोजपुरी अभिनेता तथा सु–प्रसिद्ध गायक रितेश पाण्डे घन्टोसम्म आफ्नो प्रस्तुति राखेका थिए । आज बुधबार फागुन १४ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महोत्सवको सांस्कृतिक कार्यक्रममा नेपाली र भारतीय कलाकारहरु सहभागी भएका थिए ।

यसै बिच मौलापुर नगरपालिकाले दर्शकलाई चकमा दिएर बोलाईएको दर्शकले गुनासो गरेका छन । मौलापुर नगरपालिकाले भोजपुरी सिनेमाका सुपर स्टार रवि किशन आउने जनाएको थियो । रबि किशन र रितेश पाण्डेलाई हेर्नको लागी टाँडा टाँडाबाट दर्शकहरु आएको थियो । तर रबि किशन नआउदा दर्शकहरु निराश भएको थियो ।

मधानी महोत्सवको सांस्कृतिक कार्यक्रममा भोजपुरि फिल्मका लेख्क तथा बिधायक बिन्य बिहारी, गायक बिशाल यादव, सुनिल पंडित, कमेडियण दिपेश शर्मा, नृत्य प्रीति पासवान, रचना शिवाकोटी, महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुले समेत प्रस्तुति दिँदै लाखौं दर्शकलाई झुम्माएको थियो ।

सांस्कृतिक कार्यक्रममा सुरु गर्नु अघि परौराधाम मन्दिर मोनालिसासहित भोजपुरी सिने जगतका लेखक,निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित उपस्थित भएर शिवमन्दिरमा दर्शन गरेका छन् । कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरेका थिए ।

पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।