
रंग अबिरले समाजिक संजाल भरियो
रबिन्द्र प्रजापति, चैत २ गते । रौतहट ।
समाजिक संजाल रंग अबिरले भरिएको छ । तराई मधेशमा शुक्रवार होली मनाईएको थियो । होलीको रंगले समाजिक संजाल , फेसबुक, इन्सटा , टिकटक सहित ह्वाटसपमा स्टोरीले भरिएको छ ।
प्रेम सद्भावले मनाईने होली पर्वको तस्विरहरु थरीथरीका समाजिक संजालमा देखिएको छ ।
समाजिक संजालमा देखिएको तस्वीर र भिडियोका अनुसार” कतै एक आपसमा शुभकामना साट्टा साट्ट भईरहेको छ भने कतै एक अर्कालाई रंग अबिर लगाउदै छ त कतै साथी भईलाई घरमा बोलाएर खानपानको योजना सहित नाच गान पनि भएको देखिएको छ ।
‘यसै बिच” रौतहटसहित तराई मधेशमा शुक्रवार होली मनाईएको छ भने मधेश प्रदेशको विभिन्न जिल्लामा आजपनि होली मनाईँदै छ ।