रौतहट प्रहरीद्वारा रक्सीसहित मानिस पक्राउ

रबिन्द्र प्रजापति, चैत ०२ गते । रौतहट ।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरि ल्याउँदै गरेको रक्नसीलाई नियन्त्रणमा लिएको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा रक्सीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नं. १९ बस्ने दरेश यादवको छोरा वर्ष २० को संतोष यादवलाई समेत नियन्त्रणमा लिएको छ ।


बि आर ०५ डि ૪३३१ र बिआर ०५एसि ३३११ नम्बरको मोटरसाइकल सहित करिब १८ हजार मुल्य बराबर रक्सी बरामद गरिएको प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भयो ।

रक्सी र यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।