
रौतहटमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
रबिन्द्र प्रजापति, चैत १ गते । रौतहट ।
रौतहटमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लागो गरुडा नगरपालिका वडा नम्बर १ जयनगरमा आज दुईसो एकआपसमा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार, घटनास्थलमै दुई जनाको मृत्यु भएको आशंका गरिएको छ।
प्रहरीका अनुसार, दुर्घटनापछि स्थानीयले तत्काल उद्धार कार्य गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ र आवश्यक अनुसन्धान सुरु गरेको छ।
दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ। घाइतेहरूको अवस्था र उनीहरूको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।