रौतहटमा एसइई परीक्षामा मर्यादा भंग गर्ने दुई निरीक्षक पक्राउ, आज पनि ४६९ मोवाइल बरामद

चैत १० गते । रौतहट ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) आईतवार सम्पन्न भएको परीक्षामा मर्यादा भंग गरेर चिट चोर्नमा मद्दत गरिरहेका दुई जना निरीक्षकलाई परीक्षा अनुगमन समितिले नियन्त्रणमा लिएका छन् ।
सदरमुकाम गौरको टिकुलिया मावी खुला विद्यालय परीक्षा केन्द्र र मौलापुर नगरपालिकाको परीक्षा केन्द्रमा परीक्षार्थीहरुलाई चिट चोर्नमा मद्दत गर्न
र प्रश्न पत्रमा भएको प्रश्नको उत्तर बोलेर लेखाई परीक्षाको मर्यादा भंग गर्ने दुई जना निरीक्षकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा भनिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जिल्लाको विभिन्न परीक्षा केन्द्रहरुबाट आज ४६९ थान मोबाइल बरामद गरिएको जानकारी दिए ।
बरामद गरिएका मोवाइलहरु परीक्षा अनुगमन समितिले नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार रौतहटमा तेस्रो दिनको परीक्षा सकिदा १ हजार २ सय ३३ थान मोबाइल बरामद हुनुका साथै ६ जनालाई पक्राउ गरिएको छ ।