नेपाल साँस्कृतिक महासंघ रौतहटको तेश्रो जिल्ला अधिवेशन गरुडामा सम्पन्न

रौतहट, १० चैत । नेपाल साँस्कृति महासंघ रौतहटको तेश्रो जिल्ला अधिवेशनबाट श्रीराम पासवानको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्य समितिको सर्व सहमतीबाट चयन भएका छन् ।

रौतहटको आर्थिक नगरी गरुडामा आईतवार सम्पन्न भएको तेश्रो जिल्ला अधिवेशनबाट पासवानको अध्यक्षतामा चयन भएको नेपाल साँस्कृतिक महासंघको जिल्ला कार्य समितिको उपाध्यक्षमा गुञ्जा सहनी, सचिवमा जनकप्रकाश सहनी, सह सचिवद्धयमा जयसीलाल यादव, करिा चौधरी र कोषाध्यक्षमा भोला साह सर्व सहमतीबाट चयन भएका हुन् ।

यसैगरी सदस्यहरुमा क्रमशः कपिल पटेल, कुञ्जन पटेल, संजिव साह, सललम दिवान, रविना खातुन, उर्मीला सहनी, चन्दन रजक, गौतम पासवान, सनी यादव, मासुम चौधरी, मुस्कान चौधरी, निर्मला चौधरी, शशीराम कुमार दास, चन्दन राम, रौशन सहनी, राजा सहनी र केशव पासवान रहनु भएको उक्त समितिले जनाएको छ । उक्त कार्यक्रमको उदघाटन सत्रमा नेपाली काँग्रेसका सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादवले अधिवेशनको सफलताको कामना गर्दै मधेश प्रदेशमा साँस्कृतिक महासंघको पहिचान कायम गर्न सुझाव दिए । साथै चयन हुनु भएका सबै सदस्यहरु इमान्दारीका साथ आफनो संगठनलाई मजबुती प्रदान गर्न निर्देश दिए ।
सो कार्यक्रममा चयन भएका सबै सदस्यहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिए नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले ।