गरुडा स्थित जयसवाल जेनरल स्टोर्समा भिषण आगलागि, लाखौंको मालसामान जलेर नष्ट

गरुडा (रौतहट), १० चैत । रौतहट जिल्लाको व्यापारिक नगरी गरुडा नगरपालिकामा रहेका जयसवाल जेनरल स्टोर्समा शनिवार राति भिषण आगलागि भई लाखौंको मालसामानहरु जलेर नष्ट भएका छन् ।

गरुडा नगरपालिका वडा नम्वर ४ बस पार्क स्थित हरिशंकर प्रसाद जयसवालले संचालन गरेका जयसवाल जेनरल स्टोर्समा मध्य राति भिषण आगलागि भईरहेको थाहा पाउने वित्तिकै राति १ बजेको समयमा प्रहरी उक्त स्थानमा पुगेर २.४५ बजेको समयमा आगो माथि नियन्त्रणमा पाएको इलाका प्रहरी कार्यालय कार्यालय गरुडाले जनाएको छ ।

सर्ट सर्किट भएर आगलागि भएको हुन सक्ने आशंका गर्दै इप्रका गरुडाका डिएसपी राजन कार्कीले प्रहरी संगै स्थानीय बासिन्दा सहित जिल्लाबाट आएको वारुण यन्त्रको सहायतबाट आगो माथि नियन्त्रण लिन सम्भव भएको जानकारी दिए । प्रारम्भीक अनुमान अनुसार ४० देखि ५० लाख सम्मको कपडा जलेर नष्ट भएको बताउदै वास्तविकता वारे प्रहरीले आवश्यक अनुसन्धान एवं छानविन गरिरहेको उनले भने ।