रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालमा अध्ययनरत छात्रा झुण्डिएको अवस्थामा फेला

रबिन्द्र प्रजापति, चैत १४ गते । रौतहट ।
रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालमा अध्ययनरत छात्रा होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको माधवनारायण नगरपालिका स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा एक १८ बर्षीया अध्ययनरत छात्रा झुण्डएको अवस्थामा विहिवार विहान फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार माधवनारायण नगरपालिका वडा नम्वर ३ स्थित रहेको गजेन्द्रनारायण स्मृति अस्पतालमा संचालनमा रहेका डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत बारा जिल्ला विश्राम्पुर घर भएकी १८ बर्षीया सुमनकुमारीले बाथरुपमा पासो लगाई झुण्डिएको अवस्थामा विहानै प्रहरीलाई खवर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा मृत अवस्थामा रहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बाथरुपमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको हुँदा आत्महत्या गर्नुका कारण वारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए । मृतक छात्राको अभिभावकलाई खवर गरिसकिएको हुँदा पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा शव राखिएको उनले बताए ।