तीनकुनेबाट गाडीमा सुटुक्क निस्किए दुर्गा प्रसाईं

चैत १५ गते । रौतहट ।
राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।
उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका छन् ।
तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ ।