
मकवानपुरको बतासेमा भएको टाटा सुमो दुर्घटना अपडेट
रौतहट, २० चैत । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ बतासेमा भएको टाटा सुमो दुर्घटनामा परेका घाइतेहरुको विवरण तराई टपलाई प्राप्त भएको छ ।
बुधवार रौतहटको इशनाथ नगरपालिकाको मनसरीबाट भीमफेदी कुलेखानी सिस्नेरीको बाटो भई काठमाडौं तर्फ जादै गरेका ना. १ ज. ५४८५ नम्वरको टाटा सुमो इन्द्रसरोबर गाउँपालिका २ बतासेमा बुधवार दिउसो ३.५५ बजेको समयमा सडक भन्दा एक सय मिटर तल खोल्सामा खस्दा १० जना घाइते भएको हो ।
रौतहट गुजरा नगरपालिका ५ का २१ बर्षीय मिरशन आलमको टाउकोमा चोट अवस्था गम्भीर, सोही नगरपालिका ५ का ५५ बर्षिय मुस्ताख अहमदको टाउकोमा चोट लागेर अवस्था गम्भीर, इशनाथ नगरपालिकाका ३६ बर्षीय हरशे आलम मन्सुर अवस्था गम्भीर, गुजरा नपा ४ १७ बर्षीय मशरुदिन आलम दाहिने कुममा चोट अवस्था मध्यम,
इशनाथ नगरपालिकाका १९ बर्षीय असमल आलम शरीरको विभन्न भागमा भित्री चोट अवस्था सामान्य, गुजरा नपा ४ का १३ बर्षीय सलिम अन्सारी र १८ बर्षीय अजुमा खातुन तथा सवारी धनी र घाइते अर्का एक मानिसको नाम थर वतन नखुलेपनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुमोको चालक रौतहट गुजरा नगरपालिका वडा नम्वर ४ का २३ बर्षीय राजन चौधरी मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी घाइतेहरुको उपचार काठमाडौंमा भईरहेको तथा दुर्घटना ब्रेक फेल भएर भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए ।