
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरमा दुर्घटना, १० जना घाईते
चैत २० गते । रौतहट ।
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरको बतासेमा दुर्घटना भएको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ८ मनसरी गाउँबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा भएको मकवानपुर प्रहरीले जनाकएको छ । उक्त दुर्घटनामा परि १० जना घाइते भएका छन् ।
इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो ।
दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए ।
उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरूको पहिचान हुन बाँकी रहेको उनले जनाए । जिप चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए ।