आज चैत नवमीको पहिल दिन घटस्थापन गरिदै

रबिन्द्र प्रजापति, चैत १७ गते । रौतहट ।
आज चैत नवमीको पहिल दिन घटस्थापन गरिदै छ । चैते दशैंको घटस्थापन देशका बिभिन्न ठाउमारहेको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदै छ ।

यसै बिच रौतहटको चर्चित बजारको रुपमा रहेको कटहरियामा चैते दशैंको उपलक्ष्यमा आयोजना गरिएको दुर्गा पुजामा कलश यात्रा कार्यक्रम सम्पन्न भएको छ ।

कटहरियामा रहेको बौधिमाई मन्दिरको प्राङ्गणबाट निकालिएको कलश यात्रा लालबकैया खोलाबाट जल बोझेर पुजा स्थलमा आएर कलश स्थापन गरिएको छ ।

करिब सयौको संख्यामा गएका कुमारी कन्या र विवाहीत महिलाहरुले खोलाबाट जल बोझेर पुजा स्थलमा आएका थिए ।कटहरियामा हरेक वर्ष झै यस बर्ष पनि चैते दुर्गा मेला लागेका छन ।

जिल्लाको चर्चित बजार कटहरियामा लामो समय देखि स्थानियहरुले चन्दा असुलि गरेर मेलाको आयोजना गरिदै आएको मेला समितिकाले जानकारी दिनु भयो ।

कटहरियामा बर्षमा दुइ पलट हुने दुर्गा पुजा असोज र चैत महिनामा हुदै आईरहेका मेला समितिले जनाएको छ ।