कटहरिया नगरपालिकामा प्रशासकिय अधिकृत बिर बहादुर साह हाजिर

रबिन्द्र प्रजापति, चैत १७ गते । रौतहट ।
हाकिम विहीर रहेको कटहरिया नगरपालिकामा हाकिम हाजिर भएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिर बहादुर साह लहेरी कार्यालयमा हाजिर हुनु कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिनु भएको छ ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल , सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आईतबार साहलाई कार्यालयमा हाजिर गराउनु भएको हो । कार्यालयमा नगर प्रमुख जैसवालले साहलाई फुलमाला टीका लगाई खादा ओढाई स्वागत गर्नु भएको छ ।

कार्यालयमा हाजिर भएपछि साहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताउनु भयो ।

नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख साहले कर्मचारीहरूलाई निर्देशन दिने बताउनु भयो । यस नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यसअघि कटहरिया नगरपालिकामा भएको कमिकजोरीलाई सुधारदै अगाडि बढाउने र सबैलाई एक ढिका बनाएर अगाडि बढाउन आग्रह समेत गर्नु भएको छ ।

अधिकृत साहले नगरपालिकामा हाजिर भए संगै पालिकाको आर्थिक लगायतका कामकाज अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नु भएको छ । नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका बाँकी भुक्तानीको काम हुने समेत जनाए ।

सो कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, राजनीतिकर्मि, स्थानीय पत्रकार लगायत नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।