
कटहरियामा यस वर्ष पनि चैते दशैं मेला लाग्दै, आईतबार घटस्थापन, कलश यात्रामा सहभागि हुन, अध्यक्ष श्रेष्ठको आग्रह
रबिन्द्र प्रजापति, चैत १६ गते । रौतहट ।
रौतहट जिल्लको चर्चित बजारको रुपमा रहेको कटहरियामा हरेक वर्ष झै यो वर्षपनि दुर्गा मेला लाग्दै छ ।
चैत महिनामा हुँदै आएको चैते दशैं यस वर्ष पनि धुमधामका साथ हुन लागेको चैते दुर्गा पूजा मेला समितिले जानकारी दिनु भयो ।
चैते दुर्गा पूजा मेला समितिका अध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार यही चैत १७ गते आईतबारका दिन घटस्थापन परेकोे छ ।
चैते दशैको घटस्थापनको दिन कटहरिया नगर भरीका भक्तजनहरुलाई उपस्थितको लागी आग्रह गर्नु भएको छ ।चैते दशैं देशका बिभिन्न ठाउमा रहेको शक्ती पिठमा आइतबार घटस्थापन गर्ने छ ।
कटहरियामा चैती दशैंको उपलक्ष्यमा आयोजना गरिएको दुर्गा पुजामा कलश यात्रा कटहरिया बजारको बौद्धिमाई मन्दिरको प्राङ्गनबाट निस्किने छ ।
जिल्लाको चर्चित बजार कटहरियामा लामो समय देखि स्थानियहरुले चन्दा असुलि गरेर मेलाको आयोजना गरिदै आएको मेला समितिका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।
कटहरियामा बर्षमा दुइ पटक असोज र चैत महिनामा हुदै आईरहेको अध्यक्ष श्रेष्ठको भनाईरहेको छ । कटहरियामा मुर्ति बनाउने मुर्तीकारहरुले ब्यस्त छन । भन्ने सरसजावटको काम पनि भईरहेको छ ।