रौतहट प्रहरीको ठुल्लो सफलता, लागू औषध गाँजा र हतियार सहित एक जना पक्राउ

रबिन्द्र प्रजापति, चैत २६ गते । रौतहट ।
रौतहट प्रहरीले ठुल्लो परिमाणमा लागू औसध गाँजा र हतियार सहित एक जनालाई पक्राउ गरेका छन् । 


जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक उमाशंकर गुप्ताको कमाण्डमा गएको टोलीले ईशनाथ नगरपालिका वडा नम्बर १ झोलुङ्गे पुल पच्छिम रहेको केरा घारीबाट गौर नगरपालिका वडा नम्बर ४ निवासी २१ बर्सिय सावन गिरीलाई  लागु–औसध र  हतियार सहित नियन्त्रणमा लिएको हो।


गिरीको साथबाट १ क्विन्टल ९ किलोग्राम लागू औसध गाँजा र ८ एम.एम. केएफ.लेखिएको लोडेड कटुवा पेस्टोल एक थान ,८ एम.एम. केएफ।लेखिएको ३ राउन्ड गोली,रियलमि कम्पनीको स्क्रिनटच मोबाइल एक थान बरामद भएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताएका छन् । 


पक्राउ परेको गिरीलाई सम्मानित अदालतमा पेश गरि लागु (औसध तथा हातहतियार खर(खजाना अन्तर्गत मुद्दा चलाउने प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए । 
गिरीको साथमा रहेको ६र७ जना मानिस फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको उपरिक्षक घिमिरेले बताए । 
प्रहरीले ठूलो चुनौतीको सामना गर्दै सफलता हात पारेको हो ,गिरीको गिरोह र फरार मानिस सम्म पुग्न प्रहरी सुक्ष्म अनुसन्धान अगाडि बढाएको उपरिक्षक घिमिरेले बताए ।