૪ किलो गाँजा सहित रौतहटबाट एक जना पक्राउ

रबिन्द्र प्रजापति, चैत २७ गते । रौतहट ।
रौतहटबाट फेरि लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी टोलबाट प्रहरीले लागु औषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने बर्ष ५० का सुरेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले ४ किलो १०० ग्राम लागु औषध गाँजा सहित मानिसलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घर खानतलासी गर्दा साह सुत्ने कोठामा रहेको खाटमुनी झोलामा लागु औषध (गाँजा) फेला परेका हो ।

लागु औषध सहित थप अनुसन्धानको लागि रौतहट जिल्ला अदालतबाट १० (दश) दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।