
रौतहटमा सडकको बिस्कुनले दुर्घटनाको जोखिम
बौधिमाई सम्वादाता
जेठ ०१ गते । रौतहट ।
रौतहटको ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।
यहाँका किसानले मकैलगायत अन्य अन्यबालीको बिस्कुन सडकमै सुकाउने गर्छन्।
हिजोआज जिल्लाको वृन्दावन, गुजरा, फतुवा विजयपुर नगरपालिका लगायत क्षेत्रमा किसानले सडकमै मकैको बिस्कुन सुकाएको देखिन्छ।
किसानले सुकाएको अन्नबालीको बिस्कुनले आधा सडक नै ढाक्ने गरेको छ। मकैलगायत अन्य अन्यबालीको बिस्कुन सडकमै सुकाउन थालेपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।
आधा सडक ढाक्ने गरी बिस्कुन सुकाएर छेउमा ढुङ्गा र काठले घेर्ने गरिन्छ। भित्री सडकमा यसरी जथाभावी बिस्कुन सुकाउने कार्य रोक्न स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन्।