
रौतहटको गरुडामा सवारी दुर्घटना रोकथाम र न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रमेश कुमार यादब, जेष्ठ ०४ । रौतहट ।
सवारी दुर्घटना न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरुडा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अस्थायी टूाफिक प्रहरी पोष्ट, गरुडा द्वारा आयोजित “सवारी दुर्घटना न्युनिकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम“ जिल्ला टूाफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सवारी दुर्घटनाको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनमा विभिन्न निकायहरूको भूमिकालाई थप सशक्त र समन्वयात्मक बनाउन आवश्यक उपायहरूबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा उपस्थित हुनु भएका अतिथिहरुलाई स्वागत मन्तब्य राख्दै अस्थाई टूाफिक प्रहरी पोष्ट गरुडाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक ९असई० रामबली महतोले भने बढ्दो सवारी दुर्घटना न्यूनिकरणलाई कम गरी टूाफिक सचेतनालाई अभिवृद्धि गर्न सरोकारवालाहरुसँग भेटघाट तथा बृहत छलफल कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गढिमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले सवारी दुर्घटना न्यूनीकरणको प्रयासमा सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउँदै हेल्मेट नलगाउने सवारी चालकहरूको सिफारिस गर्ने राजनीतिक हस्तक्षेपलाई कडाइका साथ बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले यस्तो खाले सिफारिसले नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई प्रोत्साहन दिनुको साथै दुर्घटना बढ्ने खतरा समेत निम्त्याउने बताउनुभयो ।। त्यसैले अबदेखि यस्तो कार्यलाई पूर्ण रूपमा रोक्न हामी सबैले संकल्प गर्नु आवश्यक छ ।
”कार्यक्रममा गरुडा नगरपालिका–५ का वडाध्यक्ष रामबिनोद साहले नगर क्षेत्रमा सवारी चाप दिनप्रतिदिन बढ्दै गएको र सोही अनुसार दुर्घटनाको संख्या समेत बढिरहेको उल्लेख गर्नुभयो ।
उहाँले मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने प्रवृत्तिले गम्भीर दुर्घटनाहरू निम्त्याउने गरेको भन्दै कडाइका साथ नियन्त्रण गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
साथै जनचेतनाको अभाव, ट्राफिक नियमको उल्लंघन, अव्यवस्थित पार्किङ लगायतका कारण पनि दुर्घटनाको प्रमुख कारण बन्न पुगेका छन् ।”
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार राजकुमार दासले “यो कार्यक्रम अत्यन्तै सान्दर्भिक छ ।
सवारी दुर्घटना न्यूनीकरणको अभियानमा समुदाय, राजनीतिक दल, सञ्चार माध्यम र स्थानीय प्रशासन सबैको एकताबद्ध भूमिका आवश्यक रहेको बताउँदै, भारतबाट आउने सवारी साधनहरूको वास्तविक तथ्याङ्क संकलन गरी त्यसको विश्लेषण गरेर नीति निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दिनरात खटिएर कार्य गरिरहेको भएपनि समाजको समग्र सहयोग विना उक्त उद्देश्य हासिल गर्न कठिन हुने बताउनु भएको थियो ।
उहाँले थप्नुभयो, “माओवादी द्वन्द्वकालमा करिब १६ हजार नागरिकले ज्यान गुमाएका थिए भने पछिल्ला १० वर्षमा सवारी दुर्घटनाबाट करिब २५ हजार मानिसको ज्यान गएको एक तथ्याङ्कले देखाएको बताउनु भयो ।
त्यसकारण यो भयावह तथ्यले दुर्घटनाको न्यूनीकरणका लागि अब गम्भीर रूपमा सोच्न र कदम चाल्नुपर्ने समय आएको स्पष्ट देखाउँछ ।”अन्तमा ट्राफिक नियमको पूर्ण पालना गरी जिम्मेवार भई सवारी चलायो भने सवारी दुर्घटना कम हुने र अकालमै मृत्यु हुनबाट समेत जोगिने भएको हुँदा टूाफिक नियमको पूर्ण पालना गर्दै सावधानी अपनाएर गाडी चलाउन उनले सबैलाई आग्रह गरेका थिए ।
यस कार्यक्रमलाई हामि निरन्तरता दिई बिभिन्न पालिका लगायत मातहातका ट्राफिक युनिटहरुमा कार्यक्रम आयोजना गरिरहेको पनि बताउनु भयो । त्यसतै कार्यक्रममा जसपा नेपालका नेता एवं गरुडा नगर प्रमुख प्रत्यासी अनिल कुमार यादव, बृन्दावन नगरपालिकाको वार्ड नं।५ का वडाअध्यक्ष फेकु दास लगाएतका व्यक्तिहरूको दुर्घटना न्यूनीकरण बारे आ– आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, सञ्चारकर्मी, होटल व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूले सवारी शिक्षा, सडक संरचना सुधार, टूाफिक नियमको कडाइ, जनचेतना अभिवृद्धि, र ट्राफिक संरचनाको सुधार, सीसीटीभीको प्रयोग, अस्थायी चेकपोष्टहरूको स्थायी व्यवस्थापन तथा कानूनी कडाइमा विशेष जोड दिएका थिए ।
यस कार्यक्रमले सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नुका साथै आगामी दिनमा सवारी दुर्घटनाको न्यूनीकरणमा ठोस कदम चाल्नुपर्ने आवश्यकता दर्शाएको छ।