रौतहटमा भारतीय मलको तस्करी

रबिन्द्र प्रजापति, जेष्ठ ११ गते । रौतहट ।
रौतहटमा भारतीय मलको तस्करी भईरहेको पाईएको छ । जिल्लाको विभिन्न नाका हुँदै दैनिक हजारौ बोरा मल तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थानीय प्रहरीको मिलेमतोमा रौतहटको मठिया, बन्जरहा, औरैया, जयनगर, नरकटिया, बंकुल, ब्रहम्पुरी तथा लक्ष्मीपुर वेलविछवा नाका भएर दैनिक हजारौ बोरा रासायनिक मलका तस्करी भइरहेको छ ।

भारती बजारको रासायनिक मल रौतहट जिल्लाको, कटहरिया हुँदै चन्द्रनिगाहपुर सम्म प्रहरीले तस्करसँग साँठगाँठ गरी तस्करी गर्न दिने गरेको समाचार श्रोतले जनाएको छ । एक जना तस्करले नाम नखोलने सर्तमा भने, हामीहरुले प्रहरीलाई महिना दिँदै आएको छु ।

ठुलठुला व्यपारीहरुले प्रहरीहरुलाई महिना खुवाइदै एक दिनमा २० भन्दा बढी मोटरसाईकलमा भारतीय रासायनिक मल ढुवानी गराउदै आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सर्वसाधारण किसानले आफ्नो खेतमा हाल्नको लागि मल ल्याउँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुःख दिने गरेको तर तस्करहरूले एउटै मोटरसाइकलमा छ बोरा सम्म लोड गरी गोदाममा ल्याएर राख्दा केही नगर्ने स्थानीयहरूको गुनासो छ ।

स्थानियहरुका अनुसार, प्रहरी आफै मोटो रकम लिएर तस्करहरुलाई लाइन दिएका छन्। तस्करहरूले अवैध रूपमा ल्याएर भण्डारण गरेको मललाई व्यवस्थापन गरिरहेको समाचार स्रोतको भनाइ छ।