
सर्लाही, ११ जेष्ठ । सुनचाँदी र नगद सहित चोरीको गाडी सर्लाहीको नबलपुरबाट नियन्त्रणमा लिएको पाँच दिन वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले सूचना अहिले सम्म किन लुकाउदैछन् यतिखेर सवत्र चासोको बिषय बनेका छन् ।
गएको बुधवार विहान ४ बजेको समयमा कतैबाट सर्लाहीको नवलपुरमा बिआर ३० एके ७२२० को भारतीय नम्वरको स्कार्पियो गाडी आएपछि एक ट्राफिक प्रहरीको असईले उक्त गाडीलाई रोकेर भन्सारको कागजात माग्दछन् । तर चालकले ठाडै भने कुनै भन्सार छैनन् । केही बेरमै त्यहाँबाट चालक फरार भएका थिए ।
केही घण्टापछि उक्त गाडीमा ठूलो परिमाणमा सुन र चाँदीका गहनाहरु रहेको तथा एक लाख भन्दा बढि नेपाली रुपैया रहेको भन्दै छुटाउन निकै चलखेल भएपनि कुरो मिलेन । स्कार्पियोको बोर्नेटबाट एउटा पोका बरामद भए जसमा सुनचाँदीका गहनाहरु र केही नगद बरामद भएको श्रोतले बतायो ।
बरामद उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको श्रोतले दाबी गर्दछ । तर अनुसन्धानको नाममा पाँच दिन वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय मलंगवाले सूचना सार्वजनिक किन गरेनन् ? प्रश्न उठेका छन् ।
श्रोतका अनुसार उक्त गाडीमा ६ किलोग्राम चाँदीका गहना र डेढ देखि दुई किलोग्राम सम्म सुनको गहनाहरु थिए । उक्त सुनचाँदीका गहनाहरु भारत विहार पूर्वी चम्पारणका प्रसिद्ध घोडासहानका सटर चोरहरुले नेपाल वा भारतको कुनै स्थानबाट चोरी गरेर नवलपुरमा विक्री गर्ने उद्देश्यबाट गएको अवस्थामा समातिन पुगेको ति श्रोतले दाबी गरेपनि प्रहरीले हाल सम्म पुष्टि गर्न सकेका छैनन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राई संग बास्तविक्ता बुझ्न खोज्दा उनले यसबारे जानकारी दिन चाहेनन् । डिएसपी राई संग तराई टपले हामी संग स्कार्पियो र केही चाँदीको गहना सहित नगदको फुटेज रहेको भनेपछि उनले प्रहरी नियन्त्रणमा भारतीय स्कार्पियो रहेको स्वीकार गरे । अहिले अनुसन्धान हुँदै छ, अनुसन्धान सकेपछि तपाईहरुलाई जानकारी जाने बताए । नियन्त्रणमा लिएका स्कार्पियोबाट सुनचाँदीका गहना बरामद भएको सम्बन्धमा उनले केही बताउन चाहेनन् ।