
सर्लाही, ११ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकामा ट्रेकटरको ठक्करबाट ६५ बर्षीय वृद्धको मृत्यु भएको छ ।
बसबरिया गाउँपालिका वडा नम्वर ६ मानटोल स्थित ६५ बर्षीय अमिरी पासवानलाई ज. १ त. ९५६४ नम्वरको ट्रेक्टरको ट्रलीले आईतवार दिउसो १.१० बजेको समयमा ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
उक्त ट्रक्टरबाट पासवानको घरको आंगनमा माटो पुर्ने क्रममा ब्याक गर्न खोज्दा ट्रलीले टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको डिएसपी सरोज राईले जानारी दिदै ट्रेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको हुँदा निजको खोजी कार्य जारी रहेको तथा मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको बताए ।