
१५ लाखको इलेक्ट्रिक चुरोट (भेप) सर्लाहीमा बेवारिसे अवस्थामा बरामद
सर्लाही, १४ जेठ । सर्लाहीको बलरा नगरपालिकाको सीमावर्ती क्षेत्र भएर भारत तर्फ लैजादै गरेका इलेक्ट्रिक चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीको छतौना बेस क्याम्पले बलरा नगरपालिका वडा नम्वर २ छतौना क्षेत्रमा नियमित चेकजाँचको क्रममा बिआर ०६ विक्यु ५४२७ नम्वरको भारतीय मोटरसाइकलबाट करिव १५ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट अर्थात भेप बरामद गरेको हो ।
गस्तीमा रहेका सशस्त्र प्रहरीलाई देखेपछि उक्त मोटरसाइकल छाडेर चालक फरार भएका थिए । बेवारिसे अवस्थामा फेला परेका उक्त मोटरसाइकललाई चेकजाँच गर्दा इलेक्ट्रिक चुरोट रहेको सशस्त्र प्रहरीले जनाएका छन् ।
चिनमा बनेका इलेक्ट्रिक चुरोटको भारतमा निकै नै डिमाण्ड रहेको हुँदा नेपालको बाटो भएर भारत तर्फ त्यसको अत्याधिक रुपमा तस्करी हुँदै आएको खवर पाउना साथ सशस्त्र प्रहरी बेस क्याम्पस छतौनाले थापेको सुरक्षा धरापको कारण करिव १५ लाख मूल्य बराबरको भेप सहित बाइकलाई बरामद गरिएको श्रोतले बतायो ।
बरामद भएका उक्त सामानलाई आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराइएको बुझियो ।